लकडाउनको नाममा
बनाएर घरमै कैदी
चराजस्तो उडान भर्ने मनलाई
अड्याउन हम्मे हुँँदै गर्दा .
सूर्यले शतिm प्रदशर्न गर्दै
ओकलेर आगो
सल्काउँदैछ घरको धूरी, छत .
उस्तै धोकेवाज निस्कियो बतास पनि
तातो तिरले भेदन गर्दैछ
शीरमै .
यो माक्स बतासकै मुखमा
लगाइ दिन पाए
कसरी डुल्थ्यो होला परजिवी
अनाहकमा मान्छेको गला दबाउँदै
यी पञ्जा बतासकै हातमा
लगाइदिन पाए
कसरी छुन्थ्यो होला
मान्छेको फोक्सो .
गाइ गोठ जस्ता
आइसुलेसन र
आइसीयु, भेन्टिलेटरमा
यो छद्मभेषी
बतासलाई राखिदिएर
फरार हुन पाए मान्छे
मृत्युको शोकधुन
रेटी हिँड्दैन थियो होला समय .।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला