यो समाजमा विभिन्न कारणले
मानव कहलिएको छु
मानवरुपी परिचय नै मैले दिएको छु
तर पनि यो स्वार्थी संसारमा मानव हुँ
भन्न खोज्दा शब्द नै ओठबाट टाढा भाग्छ
त्यसैले त आज म मानव हुँ भन्न डर लाग्छ ।

यो जीवनमा
एक मुठ्ठी सास कहिले सम्म थाहा छैन कसैलाई
हरेक पल काट्ने प्रयत्न स्वार्थमै ध्यान छ सबैलाई
रोजेर हिँड्छन् अनेकौ पाइलाहरू मिल्दछ जहाँ धन
कहिले बलात्कार कहिले के अरुलाई मारी लुटी रमाउँछ यिनका मन
भन यस्तो अवस्थामा मानव हुँ भनेर भनम् म कसरी ?
स्वार्थमै जीवन कटाउने जनातमा भनम् मानव हुँ कसरी ?

स्वच्छ सफा पवित्र यी आत्मामा केवल स्वार्थ खराबको राज भएको छ
धर्म छाडी केवल अधर्मीको यत्रचत्र बास भएको छ
स्वार्थीको लागि हराभरा जीवन त दीन दुखीलाई केवल लास भएको छ
निस्वार्थ साचो सत्य सबै आज छलकपटको दास भएको छ ।

वचन लगाई सधै दुःख अरूलाई दिन्छन् सोच्दैनन् मन चित्त दुखाउँछ
कस्तो रीत यो सृष्टिको
धर्मी, सत्यता, निस्वार्थीलाई मारी झुटा अधर्मीलाई सँधै लुकाउँछ
जन्मदेखि मरणसम्म देख्ने यो संसार चल्न प्रकृतिले सिकाउँछ
सहयोगीभन्दा मान्छे आज छलकपट पीडा कष्ट अनि दुखाई दिन रुचाउँछ
यस्तो व्यवहारबीच म मानव हुँ कसरी भनौँ ?
मानवता नै हराएको देश भेषमा कसरी पहिचान गराउँ ?
मानव त हुँ तर जिउदो लास जस्तै छु ।

भाला, हातहतियार साथ हिँड्छन् बोकेर जहिल्यै पनि
यो स्वार्थी भावनामा टाढा छैनन् मानव कहिल्यै पनि
दोषी मजाले बच्छन् निर्दोषीलाई यो दोष खास भएको छ
कुनै पल पाउला न्याय मैले भन्दै बस्ने आश भएको छ ।

असत्यलाई हाई हाई अनि सत्यताको नास भएको छ
तर पनि खै यो ज्यान के ले बनेको छ कुन्नी सबै सहेको छ
रोगले गलेझैँ मन मुटु तन सबै वेदनाको पोको भएको छ
स्वार्थीको जमातमा आज न्याय नपाउने जस्तै भएको छ
त्यसैले त दिनानुदिन झन् झन् अपराध बढेको छ
स्वार्थले भरपुर्ण संसारमा कसरी हुँ भनम् म मानव ?
भन त कसरी भनम् म ?

म कयौं पटक आफैलाइ प्रश्न गर्छु
के म साँच्चै मानव जस्तो छु त ?
यो संसारमा त मानवता हराइसकेको छ
कसरी म गर्व गरौँ मानव जस्तो छु त ?
चेत भएर नि अचेत भई निर्मम हत्या गर्छन्, कुट्छन्
शारीरिक सुखका लागी आफ्नै छोरीको ईज्जत लुट्छन्
यहा नाम, रुपको मानव छन् तर मानवता छैन
त्यसैले मलाई मानव हुँ भन्न आफैँमा घिन लाग्छ
मानवता नै नभएको सहरमा
भनम् त भनम् कसरी मानव आफैँले ?