ठिही लाग्दो यो पुष माघको जाडोमा
आँगनको एउटा कुनामा
झिसमिसेमा उठेर बसेको छ रने
मात्र एउटा मजेत्रो ओढेर
किनकि उसको मनमा
पूर्ण आश छ कि
रात पछि उदाउने सूर्यका तेजस्वी किरणले
काला रातलाई चिरफार गर्ने छ
आँत नै थरथरी कपाउँने ठिहीलाई पनि
मन्थर पार्ने छ
र
एउटा नौलो सोच नौलो आयामका साथ
निर्माण गराउने छ रूढिवाद रहित
एउटा नवीन प्रगतिशील समाजको
जसबाट सञ्चार हुनेछन्
वैज्ञानिक चिन्तन् धाराका
नौला मानव मस्तिष्कहरू
जसमा हुने छैनन्
सामजिक अन्धविश्वास
रुढीग्रस्त जीवन भोगाइ
नारी उत्पीडन शोषण अत्याचार
बलात्कार अनि भ्रष्टाचार
परिवर्तनका यिनै आशाहरू लिएर
बिहानी उदाउने सूर्यको प्रतीक्षामा
आँगनको एउटा कुनामा
झिसमिसेमा उठेर बसेको छ रने।
विश्वनाथ, असम, भारत।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला