

किरण रिजाल
हजुर हामी भेडा होइन
हामीलाई भेडा बनाए
हो हजुर हामी कदापि भेडा होइन
एउटा आउँछ बिटो घाँस देखाउछ
अर्को आउँछ झन मोटो बिटो देखाउछ
पोकोमा अनेक जिनिस ल्याउछ
अफिमको नसा झै लठ्याउछ
हजुर हामी भेडा होइन
हामीलाई भेडा बनाए
ए ! हजुर
पाँच वर्ष पछि बल्ल बल्ल पाउना बनेका
मालिकलाई
दह्रो ख्याल त गर्नै पर्यो
नुनको सोझो त गर्नै पर्यो
आफ्नो संस्कार त थाम्नै पर्यो
हजुर हामी भेडा होइन
हामीलाई भेडा बनाए
अगेनामा ढुङ्गो पाक्ने भए
रुखका पातले हाम्रा छोरीबुहारीको आङ्ग छोप्ने भए
घामपानी सम्म छेक्ने खोपी भै दिएको भए
हजुर हामीलाई नोटको बिटै बिटाले हान्ने थिएन
उनीहरुका थाङ्ग्ने विचारले हान्ने थिएन्
उनीहरुको हामी कमैया हुनु पर्ने थिएन ।
किरण रिजाल “अन्जान”
विराटनगर -१



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
