चिल उड्यो
र आकासमाथि पुग्यो
देख्ने सबैले पखेटा हेर्दै भने क्या
शक्तिशाली छ चिल।

भँगेरो उड्यो
र आकासमाथि पुग्यो
देख्ने सबैले शरीर हेर्दै भने क्या
हलुङ्गो छ भँगेरो !


एकदिन एउटा काले कागले अर्को काले कागलाई भन्यो

ओइ काले
तँ कति दिनभर काउ काउ गरिबस्छस्
हौ
काले साला !
त्यसपछि अर्को पीडित कागले
सिरदेखि पुछारसम्म आफूलाई
नियाँलेर हेर्यो ।

फेरि त्यो अधिकारी कागलाई पनि नियाल्यो
दुवै काले !
पोशाक पनि कालो !

आफू र त्यसमा केही फरक देखेन ।

बस यति कि अधिकारी काले काग कुनै राजनीतिक
पार्टीको नेता थियो !


जहाँ रुख हुन पर्थ्यो
त्यहाँ हिरो होन्डा खडा छ
अर्थात वनमा !

जहाँ हिरो होन्डा हुन पर्थ्यो
त्यहाँ एउटा सुअर हिलो खेलिरहेछ
अर्थात निर्जन ठाउँ !

जहाँ सुअर हुन पर्थ्यो
त्यहाँ मल्टिप्लेक्स खडा छ
अर्थात खेत !

जहाँ मल्टिप्लेक्स हुन पर्थ्यो
त्यहाँ खडा छ एक आदम जात व्यक्ति
जस्का हातमा छ राजदण्ड

अख्तियार पत्र
अर्थात सरकार !
के यही ग्लोबल वार्मिङ होइन त ?
कि अरु केही ?

क्रमस…
निर्मल आग्रह ,सिलगढी ,भारत ।