सुमन घिसिङ

स्वदेशबाट विदेश विदेशबाट स्वदेश आउँदा
जाँदा देखिन्छ विमानस्थलमा माटोको माया
कयौँ वर्ष बाटो नपाएर देशमा
सुख दुःखमा सँगसँगै हिँडिरहन्छ माटोको छाया
माटो तिमी पसिना हौ कसैको
तिमी घर पनि हौ कसैको
तिमी अन्न पनि हौ कसैको
तिमी गोबर भए पनि
फोहोर भए पनि
हौ पहिचान सबै जगतको
जहाँ रगत बगे पनि
पवित्र गंगाको वरुण बगे पनि
तिमी कति महान छौ
तिमीलाई खुल्ला छोडेपनि मुस्कुराउँदैनौ
पीरमै बाँचिएको बानीले होला ?
मुटु माथि कठोर रड र सिमेन्ट रोप्छ
आफ्नै सन्तान सम्झिएर मौन बस्छौ आँसु झारेर
त्यसैले त तिमी ईश्वरीय छौ
कति अपमान गर्छौँ तिमीमा
कहिले फोहोर फाल्छौँ कहिले डोजर लगाउछौँ
सब प्राणीलाई बचाउने मेरी आमा हौ तिमी
तिमीलाई सधैँ साथ दिने वनस्पतिमाथि
आज कसैले डढेलो लगाउँदा कसैले डोजर चलाउँदा
जिउँदै चितामा जलेको आफूलाई पाउँछु म
बुझ्दैनन् सर्वश्रेष्ठले आफू बाँच्दा कति मर्नुपर्छ
बुझ्दैन मान्छे माछाले पानी
छोराले आमा जसरी माटोको माया
आमा म कुनै दिन हिजो जस्तै खुला छोड्नेछु
आफ्नै लयमा खुला आकाश जसरी
किटनासक र युरियाले सधैँ
पाकेको घाउ झैं पीडा होइन माटो
माया गर्नेछु उर्वर बढाउनेछौँ खुसी पार्नेछु जगतलाई
आफ्नै पहिचानको प्राङ्गारिक मल बनाइ
खुसी राख्नेछु सधैँ सधैँ, नेपाल मेरी आमालाई
मेरो माटोलाई मेरो बा सम्मानको वनजङ्गलाई ।

सम्पर्कः९८४१५०२९७६
ठेगाना मण्डन देउपुर (०१, काभ्रेपलान्चोक