गोविन्द कडेल आँसु

चराहरू चिच्याउँछन्, कराउँछन् र भन्छन्
‘ए ! सहर पसेका मान्छेहरू गाउँ फर्क’
पानीका मुहान सुक्दैछन् जमिन बाँझिदैछ
एकदिन खडेरी परेर अनिकाल लाग्नेछ
यी सबै भइरहँदा
तिमीलाई माटोले सराप्नेछ ।

भोको पेट बोकेर तिमीहरू
अरू देशसँग रुनु पर्नेछ
आफ्नै देश भएर पनि तिमीहरू शरणार्थी हुनेछौ ।

हामी चराहरू प्राथना गर्छौँ त्यो दिन कहिले नओस्
उर्वर माटो पत्थर हुनेछ ।

तिमीहरूको रगत र पसिना अरूको देशमा बग्नेछ
जहाँ मान्छे मर्दा मलामीले आफ्नो ज्याला माग्ने छ
गाउँ फर्क ।