चिरञ्जिवी दाहाल

कम हुदैछन् चरा किरा लोखर्के बिचरा
कमी पार्ने मुख्य तत्व मानिस हो हेर ।
कुवा धारा नदीनाला सबै सुक्दै गयो
पुतलीको नाच अचेल नदेखिने भयो ।
कहिले चल्छ बाढी पैह्रो कहिले खडेरीले
सहर पसे सराप देलान् गाउँका घडेरीले ।
बोटविरुवा रित्तो पारी सक्ने भए वन
अतिवृष्टि अनावृष्टि नहोस् भगवान ।
फूलमा बास्ना पनि छैन ओइलाएर बोट
धर्म कर्म छोड्न लागे मनभित्र खोट ।
पर्यावरण जोगाउन लागि परौँ साथी
संसारमा सबै भन्दा पुग्नुपर्छ माथि ।

कालिका ६ चितवन।