मान राख्छ कर्मको जसले नित्यनै कर्म गर्दछ ।
कर्मवीर ठूलो बनि बसुन्धरा ऊ भोग्दछ ।।
जो गर्छ कामलाई हेला ठूलो र मसिनो भनी
दुर्गती निश्चित हुन्छ भासिन्छ दरिद्री बनी ।।

हुँदैन प्रगती कहिलै अल्छी र कामचोरको ।
देखिएन सुखद कहिलै गर्दैनन् काम जोरको
हँुदैन सानो र ठूलो सृष्टिमा काम जुन छ्न ।
नगरी परिश्रम कडा को पार्छ सुन कन्चन ।।

विविधता सबैभन्दा सुन्दर छ हेर कंदर ।
बगँैचा बगैचँै मात्र हुन्थेन अती सुन्दर ।
सयपत्री राम्रो लाग्छ केतुकी जब फूल्दछ ।
गुलाब फूललाई हेरी मान्छेको मन भुल्दछ ।।

कुसमाकर सुन्दर बन्छ तुशारे शिशिर हुँदा ।
चन्द्रको महत्व बड्छ अँध्यारो निसाले छुँदा ।।
सुन्दरता शब्दको अर्थ खुल्दछ कुरुपता सित ।
तसर्थ मित लाउनु मिहिनेती माहुरी सित ।।

जो गर्छ कामलाई प्रीत भलो छ उसको सदा ।
छान्दछ कामलाई जसले बड्द्छ्न उसका व्यथा ।।
नखेली माटोको मैलो बन्दैन रास धानको ।
नलाग्दा माड भुँडीमा के हुन्छ तिम्रो मानको ।।

बनाउने सानो हुने भोग गर्ने तिमी ओजक ।
छोड यो पातकी कुरा नबन तिमी शोसक ।।
नगर्नु कहिलै भेद कामका बीचमा पनि ।
कृष्ण युद्ध लडेकाथे अर्जुनका सारथी बनी ।।