उफ् ! कति हेर्नु यहाँबाट
यस सहरको सन्दिग्ध अँध्यारो ?
मलाई उज्यालै उज्यालो देखिने
कुनै ठाउँमा लगिदेऊ न भीमसेन !

नाम्लो लगाएर धरहरालाई
भीमसेन विश्वयात्रामा निस्केको पनि
शताब्दिऔँ भइसक्यो
बिसौनी कतै भेटिएको छैन ।

महेश पौड्याल

उनको अर्को गन्तव्य
अस्वत्थामाको देश हो रे ।