युग्मी

साँझपख गोधुलीमा
एक्लै बसी भन्ज्याङमा
न्याउली रुँदै वह पोख्दा
विरही गीत मैले सुन्दा
एक्लै बसी मौन हुन्छु
तिम्रो निरन्तता टुट्दा
बिछोड भई रुँदै बस्दा
न्याउलीको गीत सुन्दा
यातनाको काँडाले घोची
मौनता मेरो टुटाउँदा

तिम्रो सम्झनाका तस्बिरहरु
अगाडि आई विम्बित हुँदा
कल्पित भई रुने गर्छु
तिम्रो माया टाढा हुँदा
घाउहरु धेरै भए
चोट त एउटै थियो

आँशुहरु धेरै थिए
पीडाको दर्द एउटै थियो
तिम्रो ममताको सागर सुक्दा
सुख्खा बालुवामा लटपटिएछु
पौडिदै संसार रचुँ भन्दा
दुरीले धेरै टाढा भएछु ।