टेक्न बाँकी छ
सँघार जिन्दगीको
तर्न बाँकी छ
जँघार जिन्दगीको
आऊ सँगै यात्रा गरौँ
बाटो लामो छ जिन्दगीको ।
विविध बाधा–व्यवधान भए पनि
खुसी चुम्नु छ जिन्दगीको
नदीझैं बाङ्गोटिङ्गो भएर बगे पनि
सहज यात्रा गर्नु छ जिन्दगीको ।
नअल्मलिई कहीँ कतै
आफ्नो भोगाइ भित्रबाटै
अर्थ खोज्नु छ जिन्दगीको
बुझेर संसारलाई
खोल्नु छ रहस्य
यो जिन्दगीको ।
गान्तोक सिक्किम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
युवराज घलेभाइ
कार्तिक १३, आईतवार १३:०१