शून्य समय !
न हतारो छ कहीँ पुग्ने
न चटारो छ मैझारोको
निर्जन यो बाटो
लम्पसार छ एक्लै
अपितु
मनुक्खेकोे कोकोहोलोको प्रतिक्षामा छ ।
सायद
बिर्सियो पनि होला स
भयङ्कर पाइतालाहरूको गर्जन
तछाड मछाड गर्दै
भरदिन
भररात
आफैँलाई कुल्चिएको ।
कहिले
कोमल कोमल पाइतालाको
स्पर्शको यादमा होला
कसैले प्रत्येक पाइलामा ठेस लाग्ने चाहाना गर्दा
ऊ
ती कोमल पाउमा
सानो गिर्खा नपरोस् कामना गथ्र्यो ।
प्रकृतिको वात्सल्यलाई
गिल्ला गर्दै अहंकारको पुष्पकमा विराजमान मनुक्खे
आज कत्रो कष्टदायक घडीमा छ ।
क्षुद्र विचारको भरिया बनेको ऊ
अन्तिम श्वासको घिटघिटोमा
के अन्तस चेतनाबाटै अपसोसमा होला ?
अदृश्य निर्जीवको
हायलकाय छ सर्वत्र
कसरी धकेलौँ मृत्युलाई एकपल पछाडि
एउटा खोजमा छ बबुरो मनुवा ।
तर
ऊ
भाग्दाभाग्दै थाकेको छ
थाक्दाथाक्दै भागिरहेछ , भागिरहेछ ।
फगत एक कायाका लागि
एक गाँस काटेरै पनि
आयु बढाउन भगिरथ प्रयत्नशीलमा छ ऊ ।
तर अझै
सुकिसकेका छैनन् आशाका त्यान्द्राहरू
के आकास ?
के पाताल ?
मडारिँदो छ क्रुद्ध आँधीको रुप
देखिदैछ कालो बादल
यत्र तत्र सर्वत्र
ओहो !
सायद
यस्तै भयंकर प्रलयकै प्रतिक्षामा थियो मनुक्खे ।
एक थान पेटका लागि
मात्र एक थान
हिजो ठेगान थिएन आराम विरामको
दुई तिहाई काम
चैथाई आराम पनि मुश्किल थियो
शतप्रतिशत पट्यार लाग्दो छुट्टिमा छ आज मनुक्खे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।