साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कविताः आऊ नेपाली अब हतियार उठाउँ

Chovar Blues Mobile Size
ध्रुवकुमार सापकोटा (नेदरल्यान्ड्स)

धेरै लडियो युद्ध
शस्त्र होड्बाजीको
निरङ्कुशता विरुद्ध
प्रजातन्त्रको युद्ध
राजतन्त्र विरुद्ध
गणतन्त्रको युद्ध ।

आऊ नेपाली एउटा नयाँ युद्ध लडौँ !

देशलाई बन्धकी राख्नेहरु विरुद्ध
देशको स्वाभिमान सौदा गर्नेहरु विरुद्ध
हाम्रो सार्वभौमताको मेट्न खोज्नेहरु विरुद्ध
आऊ नेपाली हो अब हतियार उठाउँ !

एउटा युद्ध लडौँ
देशको अस्मिताको निम्ति
देशको स्वाभिमानको निम्ति
देशको अस्तित्वको निम्ति
देशद्रोहीको विरुद्ध !

धेरै सहियो
धेरै देखियो तमासा
छाडा साँढेहरुको दाइँ
बाँदरहरुको नाच

धेरै सुनियो
पागल फ्याउराहरुको गीत
आऊ अब लगाम लगाउँ
आऊ अब पर्खाल लगाउँ
आऊ अब हामी हतियार उठाउँ !

पहाडबाट आऊ
हिमालबाट आऊ
मधेसबाट आऊ
राजधानीबाट आऊ !

गाउँबाट उठाउँ
बस्तीबाट उठाउँ
सहरबाट उठाउँ
सिङ्गो हाम्रो देशबाट उठाउँ !

अनि देश बाहिर
छरिएका
ए नेपाल आमाका सन्ततिहरु हो !

अरबबाट उठाउँ
कतारबाट उठाउँ
इराकबाट उठाउँ

मलेसियाबाट उठाउँ
यूरोपबाट उठाउँ
अमेरिकाबाट उठाउँ
हवाइबाट उठाउँ
अलास्काबाट उठाउँ
क्यानडाबाट उठाउँ
अष्ट्रेलियाबाट उठाउँ
जापानबाट उठाउँ
आऊ अब हामी हतियार उठाउँ !

सखाप पारीदिउँ
ध्वस्त बनाइदिउँ
यी गद्धारहरुलाई
यी देश द्रोहीहरुलाई
राष्ट्रको सौदा गर्ने यी सौदागरहरुलाई
नामोनिशान मेटाइदिउँ
यी लेन्डुपहरुलाई
आऊ नेपाली अब हतियार उठाउँ !

प्रतिक्रिया
Loading...