साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कविता: म कसरी भोट दिऊँ ?

Chovar Blues Mobile Size
गम्भीर दुवाडी

भूकम्पले भन्दा बढी

तिमीले गरेको क्षति
कोरोना कहर भन्दा
राजनीति गाउँ शहर
कयौं गुणा संक्रमित
गोही बनेर आयौ
जँघार तर्नै लागेका
साह्रा समृद्धि खप्लक्कै खायौ
नाटकीय शैलीमा
मेलापात जानेका अघि
पटुकीमा हरायौ
घाँस दाउरा गर्नेका गोरेटोमा
गौँडो बथानेर नङर्‍यायौ
खुनी पञ्जा लुकाउँदै
कहिले
रुखको छहारीमा सुस्तायौ
कहिले
घाममा भुँडी सुकायौ
कहिले
हली बन्दै हलोको अनौं समायौ
कहिले
जनयुद्ध बनेर
कहिले धनयुद्ध बनेर
आफ्नै सात पुस्तालाई पुग्ने गरी
काला धनलाई सेतो पार्दै
रम्नुसम्म रमायौ
अनि फेरि
के पुगेन र !
तिम्रा अनुयायीलाई
बुँख्याचा बनाउँदै
हात हातमा
कैँची थमाउँदै
चार किल्ला पठायौ !
चुनावी माहौलमा
लाजसरम पचाउँदै
भीख माग्दै छौ
पाठ्यपुस्तकलाई लतार्दै
मतपेटिका र मतपत्र अघि सार्दै
मतपत्र र घोषणापत्रलाई मात्र  विकास देख्ने
सदैव चोट दिने
खोटैखोटको खानी
तिमी जस्ता कपुतलाई
भन त प्रिय !
म कसरी भोट दिऊँ !
गम्भीर दुवाडी
गजुरी-धादिङ्ग
२०७९/०७/२४/५
लेखक परिचय
गद
गम्भीर दुवाडी
प्रतिक्रिया
Loading...