जब
म निर्णायक विश्राममा हुन्छु
मलाई काठको
बाकस भित्र नराख्नु ।।
म माथि
फूलमालाहरू नचढाउनू
मलाई सानो सुन्दर ढाकरभित्र
नथुनी दिनु ।
म माथि रसायनिक
पदार्थ छर्किनु पर्ने छैन
र मलाई सजिसजाउमा भर्नु
पर्ने छैन ।
मलाई
पञ्चमहाभूत भित्र लुकाउनू
अनि
मेरो घाटमा
कुनै एउटा बिरुवा लगाइदिनु ।
अनि
जब म गलित हुन्छु
मेरो अणुहरू पाचन क्रियामा
सम्मिलित हुन्छन् ।
मेरो
चिहान बसेको जग्गामा
रूखहरू उम्रन्छन्
अनि
त्यहीँबाट मेरो उत्पत्तिको
मूल श्रोत हुनेछ ।
बहुमूल्य धातुहरू
पुनः फर्किने छन्
पृथ्वीमा ।
जब म रूख हुनेछु
पुनरूत्थानको नवीकृत
जीवन यापनमा
म भित्रको सूक्ष्म अणु
इन्धन हुनेछ ।
बिपिन तिवारी
सिक्किम भारत ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला