तिमीले मलाई देख्यौ, मैले तिमीलाई देखेँ
तिम्रो मेरो एक जोडी सुन्दर आँखा
सन्सारलाई देखाउँछ, हेराउँछ
कस्तो गजबको आँखा
दुईवटा आँखा छन्, संसार देखाउँछ
एउटा मात्र आँखा छ, संसार देखिन्छ
आँखै छैनन् र पनि संसार देख्न सकिन्छ ।
किनभने अनुभूतिले संसार देखिन्छ ।
अगाडि जे पर्छ सबलाई हेर्छ
देख्नमा कुनै भेदभाव छैन आँखामा ।
आँखा त लोभी छन् पापी पनि छन्
राम्रै देख्न खोज्छन् राम्रै हेर्न खोज्छन्।
आँफैभित्रको मन पो हो त
आँखालाई पनि भुलाउने, संसारलाई चिनाउने ।
आँखाले बोल्छ, भाषा चाहिँदैन
मनमा के छ आँखामा देखिन्छ ।
कोमल छ, भावुक हुँदा आँसु रसाउँछ
आफू रुन्छ, अरूलाई रुवाउँछ ।
आँखाभित्र ईष्या छ, डाह पनि छ
प्रेम छ करुणा छ, र शान्ति पनि छ ।
घमण्ड होस् या क्रोध, लाज या संकोच
सन्सारको अनुभूति मनमा
आँखाबाट पढे पुग्छ
गुरू खोज्नु पर्दैन, आँखालाई बुझे पुग्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला