दृश्य अनेक देखेँ मैले पशुपतिको विचरणमा
डाँडामा टक्क अडेर हेर्दा आँखाले देख्यो
भाइ बैनीहरू टिकटकमा गीत भरिरहेका
कसैले ओठ चलाए कसैले कम्मर हल्लाए
बाँदरहरूले निर्धक्क मायाप्रीति साटे
चराहरू चिरबिर चिरबिर गरेर आफ्नै पारामा गाइरहे
तल बागमती आफ्नै गतिमा धमिलो पानी वरण गरेर
निन्याउरो पाराले बगिरहिन्
छेवैको चौतारीमा एउटा निर्जीव शरीर महाप्रस्थानको
प्रतिक्षामा थियो
आँखा घुमाएर यता उता
खोजेँ आफैलाई
टक्क अडिएँ खोजेँ
मान्छे हुनुको औचित्य
जति सवल छ प्रकृति
त्यति नै दुर्वल छ मान्छे
मनले सोधेको प्रश्नको जवाफ मनैले दियो ।
दृश्यहरू फेरिनु अगावै म बाटो लागेँ
मनैले उत्तर दियो
म छु र त म छु !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला