साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

युवा

जब वर्षिन हुन्छ, थोपा नभई
धारो झर्छ छेडेर आकाश
जब पुग्नुछ सागर भने
वेगले दौडिन्छ चिरेर पहाड ।

शिरैदेखिको कालोमैलो
फोहोर सब त्यो उठाएर
कान्ला, ढिस्का, थुम्का नभनेर
एकै सासमा माटो मात्र बनाएर ।

bahulako diary small and inside post

तर जब ऊ आराम खोज्छ
बेँसीका बगरमा सुस्ताएर
सास फेर्छ शान्तिले अनि
बस्छ मनको बह फुकाएर ।

जब संहार्नु छ भने
ऊ कसै, कतै, केही देख्दैन
परिवर्तन चाहेकै रहेछ भने
आदिदेवको पनि केही लाग्दैन ।

विराट, विशाल, बुलन्द आकार
लिएर बग्छ केवल सुस्त लहर
नसम्झ त्यो वेगले विश्राम लियो
आगै लिएर बगिरहेछ नदि अझै यो ।

यस्का प्रत्येक छालहरूमा त
बाछ्टिा रगतका मिसिएका छन्
भूलले पनि नखानु पानी तिमी
यसका आँतहरूमा त जागित्र जाग्छन् ।

मात्र छ सागरसम्मको यात्रामा..
नदि यो केही गरे रोकिन्न अब
नदी यही युवा हो आजको जो
बद्लेर आफू बदल्छ जगत यो ।

 

प्रतिक्रिया
Loading...