साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दृष्टि

आमा जाउँ न भोलि बिहानै
घाम ब्याउनु पूर्व त्यो हिमालमा
गएर पोतिदेऊ रातो रगत
र जन्मिउन्
काला गिदीहरूको
शिर छेदन गर्ने सपूत
बा ! यसपटक जाँच गराऊ
योद्धालयमा गएर एकथोपा वीर्य
किन जन्मिन्छन् खाली
तिम्रा वीजबाट नरपशु पातकी
खरी जुकाहरू ?
अनि लेख्नेछु म
राता हिमालको रङ
मेरी आमाको नछुने रगत हो
अब कहिल्यै हुन्नन् मेरी आमा विधुवा ।

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...