मुटु दुखेर रोएँ
शिर झुकेर रोएँ
भाग्य थुकेर रोएँ
मुल सुकेर रोएँ
नाम कुँदेर रोएँ
एकान्तमा लुकेर रोएँ
हो म खुब रोएँ
किनकि
हिँड्दै जादा ठेस लाग्यो
शब्दरूपी वाण प्रहार भयो
आफन्तबाट अपहेलना तिरस्कार पाएँ
मेरै खुसीको लागि संसार छाड्न सक्छु भन्नेहरू वचनरूपी वाणहरूको वर्षा गरिदिए
मेरै खुसी चाहनेले
अरूलाई खुसी पारी बारबार मैलाई दुःखी गराइदिए
बारबार मै सोझो माथि अनेकौँ औँला उठाइदिए

हो म त्यसैले त रोएँ कराएँ चिच्याए
तर अपसोच सुनिदिने साथ दिने
न कोही रहे न त कोही नै आए
हार पछि जीत आए अनि जीत पछि हार पनि देखँे
सगै आफ्नै बनाएँ
अनगिन्ती चोटहरू पनि भोगे देखँे
त्यसैले त म खूब रोएँ ।

गलेर थाक्न नपाउदै अर्को पीडा आएँ
रूवाइको न ठेगान न त कुनै छुटकारा नै पाएँ
हरबार बस् पाए त केवल मौनता अनि
नयन भरि बर्षा मन भरि चोट
हाँसौ त कसरी हाँसौ कुनै बहाना नै पाइनँ
त्यसैले खुब रोएँ ।