अमृतरस, गङ्गाजल र सोमरस
प्राकृतिक रूपमै निर्यात हुन्छ
कुनै पुर्जा र भन्सार कार्यालय बिना ।
ग्यासरुपी आगो
पेट्रोलियमको ज्वाला आयात हुन्छ,
नेपाली ढुकुटी रित्याउन ।
यर्सागुम्बा, पाँचऔंले जटामसी निर्यात गरेर
विषयुक्त खाद्यान्न आयात गर्न
सजीव निर्यात गरेर, निर्जीव भित्राउन
मानव निर्यात गरेर, दानव भित्राउन
स्वास निर्यात गरेर,लाश भित्राउन
संस्कृति मासेर विकृति भित्राउन
आदेश दिनेहरू होसियार ।
हाम्रो थिति हाम्रो नीतिले के भन्छ ?
किन युवा निर्यात गरेर
रेमिटान्स भित्राउँछौँ हामी ।
अब फेरौ आयात निर्यात सम्बन्ध
जीवन निर्यात गरेर
खरानी आयात गर्न सकिदैन
फेरौँ ती निर्यात योग्य कानूनहरू
कानूनका मस्यौदाकारहरू
फेरौँ धुमिल देशको अनुहार ।
हामी खुसी निर्यात गरौँ
शान्ति निर्यात गरौँ
हामीलाई केही आयात गर्नुछैन
वाद, विचार र विकास
हात जुटाउ, मन जुटाउ
इतिहासको स्वर्णिम युगको बाटोबाट
वर्तमानमा स्वर्णिम युगको पथमा अगाडि बढौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।