आकाश:
म तिमी भन्दा विशाल छु
म सँग शीतल जून छ,
चम्किलो घाम छ
अनि लाखौं ताराहरुको आकाश गंगा छ !
धर्ती :
तिमी भौतिक आयाममा विशाल हौला
तर म सँग जीवन छ
त्यो जीवन मा
रोदन छ
आँसु छ
पीडा छ
रोग छ
असमानता छ
भोक छ
रगतले कोरिएको
मानवताहिन
क्रूर इतिहास छ
तर पनि त्यो जीवनमा
आशा छ
सपना छ
अनि
भोलि एउटा सुन्दर बिहानी आउँछ भन्ने
अभिलाषा र पर्खाइ छ
आऊ एकपटक
अनुभव गरी हेर
तिम्रो त्यो भौतिक आयामको
विशालता भन्दा
मेरो जीवनको
भावनात्मक आयामको
विशालता पक्कै विशाल छ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला