नविन काफ्ले

बलेनीबाट तप्प तप्प
पानीका थोपाहरु एकसुरमा खसिरहेका छन्

अलि पर तिर
एक जोडिहरु छाता साट्दै छन्
चप्पलको पिट पिट आवाज छ
बाका हातमा कोदाली छ
आमाको टाउकोमा
घाँसको मुठो छ,
घाँस फाले पछि
आमाले हालेको लामो सुस्केराले
आमाले अब काम गर्नु हुँदैन भन्दैछ,
आँगनको एक कुनामा
आधा गिलास चिया लिएर
म यी सबै हेर्दै छु
एक स्नातकको कागज
बाकसमा राखेर,
उता आई सक्यो रे
चुनाव पनि
बा भन्दै हुनुहुन्छ भोट त
आफ्नै पार्टिकन दिने हो
आमा पनि बा कै सिको गर्ने रे
खै मैले बालाई
अहिले सम्म सोघ्न सकेको छैन
बा आफ्नै पार्टि भेनेको
कस्तो हुन्छ भनेर
कि यो बलेनी जस्तै हुन्छ
बेला बेला गाउँ पसेर
टिप टिप थोपाहरु मात्रै
चुहिए जस्तो,
बा आमाका मनमा सधैँ
आफ्नो पार्टी भइरहने अनि
आफ्ना पार्टीका मनमा
मेरा बा आमा कहिले पर्ने ?