बिष्णु निश्चल

म छोरी
म बुहारी
म आमा
म देवी
म धर्ती पृथ्वी
म प्रकृतिको अनुपम श्रृजना
सुन्दरताको प्रतिक
म नारी ।
मृग
बाघको सुन्दर सिकार भए झै
म छोरी
बलात्कारीको सिकार
हरदम मै माथि छ
गिद्दे नजर ।
म चिच्याउछु सुन्दैन कसैले
बहिरो छ यो समाज
रुदैरुदै आमालाई सुनाउँछु
थाहा पाउलान अरुले
चुपचाप बस भन्छ परिवार
डराई डराई म ढकढकाउँछु
न्यायको ढोका
रमिते भाका छन न्याय मूर्तिहरु
बारीको बुख्याचा झैं
पल्टिदैन न्यायको पाना

समय घर्कियो भन्छ मेरो कानुन् ।
भन हे देवीका पुजारीहरु हो
भन हे न्यायका ठेकेदारहरु हो
अब हाँसीहाँसी स्विकारौं
बलत्कार ?
कि रोजौ
जानीजानी
अन्तिम दाहा संस्कार ?