कविताः बिदा
जीवनको मोडमा भेटें तिमीलाई
अनि
कोहिनुर सम्झेर उठाएँ ।
आज पनि मेरो नजरमा
तिमी कोहिनुर नै हौ
सधैँ रहनेछौ
तर
यही मेरो दोष हो भने
म निर्दोष छु भनेर
असमर्थ छु
प्रमाण पेश गर्न ।
सक्छु
तिमीबाट टाढा हुन
बस
अन्तिम इच्छा हो मेरो
कुनै पल
शङ्काको बादल हटाएर
नचुहाउनू
आँसुका थोपा तपतप
विछोडमा
किनकी
तिम्रो विजय हेर्न
जन्मेको मान्छे हुँ म
तिम्रो हार मलाई
स्वीकार्य छैन
मेरो मृत्युपछि पनि ।
प्रिय मान्छे
मेरो अनुरोध छ
मलाई हाँसेर बिदा देऊ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला