हाँस्नु पर्ने चाहना केही आएभने तिमी नै हौ
बाँच्नु पर्ने बहाना केही पाएँभने तिमी नै हौ ।
सुखै सुख पाए पनि तिमीविना अपूरो सब
तिमीभए फुलिदिन्छ जुनेलीमा मनको उत्सव
तिमी नै हौ अविछिन्न वात्सल्यको स्वर्णमाला
नाच्नु पर्ने बहाना केही पाएँभने तिमी नै हौ ।
तिमी आयौ जिन्दगीले पाएको छ अर्कै मोड
एक एक भए पनि लाख बन्ने एउटै जोड
ममताको आँचलभित्र गुटुमुटु पोको पारी
खुसी हुने बहाना केही पाएँभने तिमी नै हौ ।
स्नेहको अगणित लतिका हौ मेरो जून
हृदयको गहिराइमा बजिरहने मीठो धून
संसारलाई हेर्न सकूँ तिम्रो आँखाभित्र पसी
गर्व गर्ने गहना केही पाएँभने तिमी नै हौ ।
भर्जिनिया, अमेरिका ।
(छोरा आश्वीन, जन्मदिनको असिमित शुभकामना यही गीत मार्फत्)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला