सानो हुँदा गोठालो जादा गाईबस्तु चराउँदा
को हो भन्दै कोइली चरी वनभित्र कराउँदा
मेरो साथ हुन्थ्यो सधै चन्द्र सूर्य मेरो झण्डा
फहराउँथे उठाई माथिमाथि आफ्नै शिरभन्दा ।।
घाँस काट्दा भीर पाखा एकान्तमा डराउँदा
गाईका बाच्छा सल्लाघारी भञ्ज्याङमा हराउँदा
जय भन्दै मेरो झण्डा उठाउँथे माथिमाथि
डर भाग्थ्यो क्षणमै आउँथे हराएका पाठापाठी ।।
उमेरसँगै झण्डाको माया झ्याङ्गियो लहराउँदै
स्कुल, कलेज पढन पुगंँे हातमा झण्डा फहराउँदै
अमर रहोस् झण्डा मेरोे चन्द्र सूर्य हुँदासम्म
माथी उठिरहोस् सधै आकाश त्यो छुँदासम्म ।।
आज मैले देशको झण्डा विदेशमा फहराउँछु
जहाँ पुगु संसारमा मेरो झण्डा लहराउँछु
आश गर्छु अन्तिम सास म यही झण्डा हेरी मरुँ
तर शंका गर्छन् मलाई हिजो झण्डा च्यात्नेहरू ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला