
न वर्षान्त
न मसान्त
विधान लेखनको छेको आइरहन्छ
चौधमा /पन्ध्रमा
हरिकेन आँधीजस्तो
जनताको गाली
फेसै गर्न नसकिने
फेसबुक जुलुस
व्यंग्यका छिर्का
कविताको बौछार
पटक पटक टार्यो
आइरहन्छ
फेरि आइरहन्छ
न घुँडा धसेर छलफल
न पलेटी मारेर लेखन
लेख्छु त भन्छु
भागेर कुर्सी लडाइँमा पुगिहाल्छु
साफी गर्छु त भन्छु
आफन्तलाई भत्ता बाँड्न पुगिहाल्छु
यो भीरको कुभिन्डो
कसरी गुडाएर तल झार्ने ?

वासुदेव अधिकारी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ मंसिर २०८२, शनिबार 










