साँच्चै
मेरो सरकार के भयो के भयो ?
न कम्युनिष्ट भयो ?
न सोसलिस्ट भयो ?
न रक्षक भयो ?
न शिक्षक भयो ?
न खेलाडी भयो ?
न त अभिभावक नै भयो ?
वक्तव्यमा रुष्ट भयो
कर्तव्यमा भ्रष्ट भयो
खै के भनौँ
मेरो सरकार के भयो के भयो ?
गम्भीर भएर मन मनै सोच्छु
मनन् पनि गर्छु
र आफँैले आफँैलाई भन्छु
कतै
अभिभावकत्वबाट भागेको स्पष्ट भयो
घाममा भोट हालेर बनाएको घाम जस्तै
आफ्ना नै नभन्ने हतौडा जस्तै
नचलाएसम्म नचल्ने कलम जस्तै
औसीको जुन झैँ प्रष्ट भयो
मेरो सरकार के भयो के भयो ?
तिमी कुर्सी जोगाऊ
देश त आफँै जोगिन्छ
जनता नै एक जुट हुनुपर्छ
एक वित्ता माटो मिचिदा
भाइ भाइ लड्ने टुट्ने देशमा
कयौँ सिमाना मिच्दा छिमेकीले
मेरो सरकार टुलुटुल हेरी बस्ने भयो
न रक्षक भयो
न त कम्युनिष्ट भयो
मेरो सरकार के भयो भयो
देशव्यापी माहामारी छ
सरकारमा गुटवन्दी भारी छ
श्रमजिवी बिचल्ली भइरहेछ
सरकार त्यसैमा रमाइरहेछ
समाधानको त कुरै छाडौँ
परिक्षण बर्षै नसकिने गरी घाम झैँ डाँडा पारी छ
मानौँ विश्वको कुनै प्रसिद्ध खेलमा
भाग लिइ गोल्ड मेडल नै लेराउनेझैँ
दिन रात सत्ता, कुर्सीको खेलमा
थपडी मारिरहेछ
निरन्तर लडिरहेछ
सेवा सुविधा पाकै छन् मात्र
जनता, सर्वसाधरणमा दुख भयो
मेरो सरकार न त खेलाडी भयो ?
समानताका कुरा गर्दै हिँड्ने
आफ्नाका कुरा आए पछि हट्ने
काम गरेझैँ गरेर कयौँ लुट्ने
पावरवाला न्याय बाट छुट्ने
सधै हामी जनताका भए मन टुट्ने
आफ्ना, पहुँचवालालाई छैन
दिन दुखीलाई मात्र लाग्छ कानुन
कानुन पनि नुन भनेझैँ भयो
न असल शिक्षक भयो
मेरो सरकार के भयो के भयो ?
न कम्युनिष्ट भयो ?
न सोसलिष्ट भयो ?
राजनीति या त लाजनीति
न नीति, नियम छ
न समानता छ
न त खुलेरै बोल्न पाईन्छ
सकिन्छ
मात्र जता ततै भष्ट्रचार छ
के भनौ अब म लोकतन्त्र या त लुटतन्त्र
लाग्यो दुवै भयो
मेरो सरकार के भयो के भयो ?
न कम्युनिष्ट भयो ?
न सोसलिस्ट भयो ?
न रक्षक भयो
न त अभिभावक नै भयो ?
वक्तव्यमा रुष्ट भयो
कर्तव्यमा मात्र भ्रष्ट भयो ।
मेरो सरकार के भयो भयो ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।