ऊ
न त खुसी छ न त दुखी नै छ
न श्वास न त निःश्वास को एहसास
न राग कुनै व्यक्ति, वस्तु, विशेषप्रति न त द्वेष
न कोही आफ्नो उसको न त कोही विरानो
न अङ्गिकार गर्छ ऊ प्रगतिपथ न त निरंकुश पक्षधर
न गर्छ क्रिया न जनाउँछ प्रतिक्रिया ।
उसका इन्द्रियहरू केवल विषयसंग साक्षात्कार गर्छन् ,तिसंग प्रलिप्त हुदैनन् ।
उसले
कोही हाँसेको देख्छ, संगै संगै मुस्कुराइदिँदैन
कोही रोडा रोदनमा पाउँछ, पत्थर दिल भैदिन्छ
कोही उसैको तारिफ गरिदिन्छ, मतलब गर्दैन
कोही वाक्वाणिर अश्त्र झटार्छ, द्रष्टा बनी हेर्दछ ।
ऊ बन्छ अध्य्ता जीवन, जगत, कला, राजनीति
साहित्यको
केही क्षण हेर्दा ती सृजित ज्ञान् को चर्मचक्षुदेखि पाउँछ भुमण्डल मिथ्या
भेट्छ विवेकशील कहलिएको मानव
मति र विवेक भ्रष्ट भैकन
धन, यौन, तन सुखको भुल भुलैयामा रमाएको ।
ऊ पाउँछ आफ्नो पाञ्चभौतिक शरीर आत्माले छोडेको
ठान्छ आफू जीवन् मरणको चक्रदेखि छुट्कारा पाएको
योग ध्यानको बेला मात्रै हुने एकाग्रता छ
उसमा छाएको
एकान्त बासको यो अपुर्व अनूभव दिगो होस्
छ उ चाहेको ।
कोही ठाने उसलाई फलानो एक्लियो,बौलायो
कोही ठाने आत्मबोध,तत्वदर्शनमा लाग्यो ठीक ग¥यो
आदि टीका टिप्पणी सुन्दा लाग्ने उसलाई रमाइलो
यी येस्तै शब्द कोर्दै डायरीमा गर्दै छ बसी बियाँलो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।