साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

पर्याकविताः शारदीय शुभकामना

Chovar Blues Mobile Size
शरद्शोभा

जीवन यात्रा
जूनको शीतलता
घामको राप !

गतिशील छ खगोल
परिवर्तनशील छ भूगोल
जलचक्रसँगै ऋतुचक्र चलिरहन्छ
र त; जीवन सम्भव छ ।

पृथ्वीको परिभ्रमण
दिन र रात बनाउँछ
पृथ्वीको परिभ्रमण
कालचक्रलाई निरन्तरता दिन्छ
कहिले दिन लामो हुन्छ
कहिले रात
ठ्याक्कै मानव मनजस्तै
कहिले खुशी धेरै
कहिले दुःख धेरै ।

समय यात्रामा
ऋतुचक्रमा
सेप्टेम्बर २३ सँगै मार्च २१
दिन र रात बराबर हुन्छ ।

अनित्य
प्रकृतिको नियम हो
प्रकृतिसँगै वाचौँ
प्रकृतिसँगै रमौँ रमाऔँ ।

प्रकृतिलाई माया गर्नु
जीवनलाई माया गर्नु हो
प्रकृतिको अंश भएर
प्रकृतिलाई नमासी
आस्तिक भएर पूजा गरौँ
नास्तिक भएपनि
विकृत हुन नदिऔँ
सुन्दर प्रकृतिलाई
मानव कलाले सिँगारेर
अझ सुन्दर बनाऔँ ।

प्रकृति प्रेम
सबैभन्दा सुन्दर
शुभकामना !

महाङ्काल — ४, ललितपुर

 

प्रतिक्रिया
Loading...