साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः संविधानदेवी

Chovar Blues Mobile Size
गोपाल काफ्ले

आफ्नै सारी फर्काएर
मुख लुकाएर
लाज बचाएँ भन्ठान्दै
नाबालिका संविधानदेवी
आफ्नै
जन्मदाता
पालनकर्ता
रक्षक
संरक्षकबाट
कहिले एकल त कहिले सामूहिक
बलात्कृत भई
रक्तमुछेल क्षतविच्छेत
अङ्ग – प्रत्यङ्ग देखाउँदै
सर्वाङ्ग लुकाएको, छोपेको ठान्दै आफ्नो रक्तमुछेल
गुप्ताङ्‌ग
यौनाङ्ग
प्रदर्शन गर्दै
न्यायालय धाउँदै छिन्
संविधान दिवसकै दिन
न्याय पाउने झिनो आशा
पनि नराखीकन
नाबालिका संविधानदेवी…..

प्रतिक्रिया
Loading...