सुशान्त कुमार बिके

कठै कवि
कविलाई पीडा छ क्यारे,
कविता, कवितामात्र भएको बेला
पाठकले भोगाइ सम्झनु ,
भोगाइ भएको बेला, कविता,
कुनैबेला उसले भोगाइ लेख्नु
अनि शीर्षकमा बाध्य हुनु लेख्न
कवितालाई कविताकै रुपमा लिनुहोला,
र कैयौं पटक आफ्नै वास्तविकता लेखेर
कसैको वास्तविकतासँग मेल खाएमा
संयोग मात्र हुनेछ पनि लेख्नु ।