१.
एकदिन
कवि बेपत्ता भयो
गाउँ,
शहर,
टोलबाट,
मान्छेका हृदयबाट
वर्षौँपछि उसको कङ्काल भेटियो
उसका प्रसंसकहरुका
हत्केला बीच
ऊ तालीमा च्यापिएर मरेको थियो
२.
शब्दले कवितालाई सोध्यो,
तिमी आफूलाई चाहिँ
आफू कतिबेला
सबैभन्दा सुन्दर लाग्छौ ?
कविताले शब्दलाई भन्यो,
तिमीलाई भेट्नुभन्दा ठीक अघी
३.
किन सधैँ मौन तपाईं ?
उनले
लामो मुस्कानले जवाफ टार्न खोजे,
नसकेपछी अन्त्यमा मुस्किलले ओठ खोले
शब्दहरु मोती हुन् भन्ने थाहा पाएपछि
लोभ बढ्ने रहेछ ।
प्रकाशित कृति -उभिएर एक्लै (२०७३, कविता सङ्ग्रह)
-प्वाँख (२०७९,कविता सङ्ग्रह)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला