साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आफ्नै खोजी

वर्षौँ पहिले झै
मुस्कानले सुसज्जित ओठहरू माझ
बसन्तमा पालुवा हाल्न
बाँकी सपनाका बोटहरू माझ !
पहाडी आँधी, हिमाली सिरेठो
मरुभूमिका तुफान,सामुन्द्रिक छालहरू माझ !
दैनिक सुकेर ओइलाउँदै गएका
फक्रनु अगावै निर्वासित भएका
कैयन रङ्गिन फुलहरू माझ
मभित्रको “म“ खोजिरहेछु !

पीडाका ग्रन्थहरू माझ
खुसीका काव्य रचना गर्ने !
खाली,शून्य प्रान्तहरू माझ
पूर्णताका कृति रचना गर्ने !
वेतिथी, बिसङ्गतिहरूलाई पाखा लगाइ
रितिथितिका स्वर्णिम भाव छर्ने !
मुर्दारुपी जिवित भनिने
ईश्वरका मुर्तिहरू माझ
सँधै हाँसिरहने
सँधै नाचिरहने
सँधै बोलिरहने
सँधै बाँचिरहने
मभित्रको “म“खोजिरहेछु !

bahulako diary small and inside post

चिहाउँदै आशाका दैलोबाट
साहस बटुल्दै प्रेरणाका थैलोबाट !
नियाल्दै भरोशाका बिन्दुहरू
एकिकृत गरी छरिएका
भोकाप्यासाहरूको शैलीबाट !
उठ्न खोज्ने अनगिन्ती सासहरू
फोहोर,डङ्गुरको मैलोबाट
मभित्रको “म“ खोजिरहेछु!!

ज्योती निभेका आँखाहरूबाट
आज, भरे भन्दै कुरिरहेका
भोकरुपी कालका काखहरूबाट
जिन्दगी वर्णन गर्ने साहसी हरफहरू
आफैँभित्र टुक्रिदै जोडिएका
विश्वासका गाताहरूबाट
सँधै उभिरहने
सँधै हेरिरहने
सँधै बोलिरहने
सँधै बाँचिरहने
मभित्रको “म“ खोजिरहेछु !

 

प्रतिक्रिया
Loading...