समय कुमालेको चक्र न हो
घुमेर एक दिन मेरो माझ आइहाल्छ
म किन अतालिएको छु
वेरोजगार,
आर्थिक, समाजिक सांस्किृतिक विचलन
राजनैतिक खिचातानीले
यता,

डा. दलिप मल्ल

समाज, बलेको आगो ताप्ने
यो दुनियाँ स्वार्थी नै हो त
तर
आफ्ना पथहरू बाटाभरि
पछ्छाइरहेका हुन्छन हैन  ?
फेरि
पहिलाउन सकेन भने
भाग्यलाई मात्र दोष थोपरेर
चित्त बुझाउनु
के यो न्यायोचित होला ?
के समय कुमालेको चक्र सरी
मेरो घरदैलो आउला ?
परिश्रम र लगनको मूल्य खोज्नु नै
भाग्य र विधता हो
जुनेली रात हो
जुन ताराका उदाएको रात
जसरी स्वर्णीम रात बन्छ
त्यसैगरि भाग्यका रेखा कोर्नु
कुमालेको चक्र हो
तर
म किन अतालिएको छु
भाग्यलाई दोष दिएर ?