साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तँ र म – किन?

भावना उपाध्याय

तँ र म— भन्ने यो शब्द, शब्दको खेल
यसले बनाउँदो रहेछ आफूभित्रै एउटा सानो जेल
हुँदैन शान्तिसँग कुनै मेल,
नखोली त्यो गाँठो परेको मनको भेल

म पनि त तिमीजस्तै,
फरक के ?
तर किन बन्न सक्दैनौँ हामी उस्तै?
मलाई दैलो बाहिर खाना पस्किई
खान्छौ तिमी किन भान्छाभित्र बसी?

bahulako diary small and inside post

तिम्रा लुगा सुकिला; मेरा मैला,
तिमी ठूलो; म सानु,
तिमी धनी; म गरिब
तिमी ब्राह्मण; म अछुत, डुम?

तर बग्छ एउटै त्यो रातो रगत
बस्ने थलो पनि त, एकै
हाम्रो प्यारो नेपाल जगत !

सम्बन्धित पोस्टहरु

नगर शोक यसरी

गर्छौ कुरा आहिले ठूला
तिम्रो चर्पी जाम हुँदा
बोलाउँछौ मलाई नै सफा
पार्नका लागि, त्यसबेला

चाहिन्छ यहाँ अर्को क्रान्ति
हटाउन यो भेदपूर्ण भाव
तिम्रो दमनविरुद्ध बोलिनेछ
गर्न आफ्नो व्यक्तिगत र सामाजिक लाभ

तर म थाकिसकेकी छु
छैन कुनै जोश जाँगर
भोग्दाभोग्दै ती भेदभावपूर्ण व्यवहार
रहेन अब तिमीहरुप्रति कुनै
आदर, कदर…

अब, म हैन,
बोल्नेछन् तिम्रै सन्तति
देखी अपराध यी

छैन त्यो दिन अब पर
जब तिम्रो हुँदैन कोही वरपर
आउनेछु “मै”
बोकी त्यो पवित्र गंगाजल
लगाउन तिमीलाई यो जुनीबाट पार।

 

प्रतिक्रिया
Loading...