
पौडँदा पौडँदै पानी भित्रै खसे पनि
हिँड्दा हिँड्दै खुट्टा जमिनमै धसे पनि
समस्यै समस्याका बीचमा फसे पनि
बारम्बार उठेर हिँडेकै छु
म पूर्ण होइन निपूर्ण भएको छु।

विष्णु पाण्डे
मैले आफूलाई बचाउँन जानिसकेँ
उतार चढाव नै जीवन हो यो मैले मानिसकेँ
अब त
डुब्दा डुब्दा पानीले समेत
तैरिन सघाउन थाले
सुल्झाउँदा सुल्झाउँदै समस्याले पनि
आफ्नै लय समाउँन थाले
पाइला धसाउँन खोज्ने जमिनहरुले
सहज बाटो हिँडाउन थाले
त्यसैले त ! म पूर्ण होइन निपूर्ण भएको छु।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 






