मेरो देश ,हिमाल पर्वत जहाँ
हिऊँ सँधै झुल्दछन्
पाखामा फूल फुल्दछन् जहीँ तहीँ
बास्ना खुबै छर्दछन् !
१
नेपाली जनको अपार धन हो
यो देश जलको धनी ।
हो रत्नै सरिको अमूल्य निधि यो
दिन्न म बस्छु रमी ।
२
शोभा दिव्य धरा हो प्राण सरिको
नेपालीको जीवन !
लैजाऊ बरू प्राण दिन्छु सहजै
दिन्न यो भूमि छुन !
३
सीमा सानो छ मेरो यो बगरको
माटो अमूल्य हिरा !
दिन सक्दिन लौ चिमोटी म भूमि
पारेर यस्को चिरा !
४
माग्छौ लौ शीर यो झुकाई म बरू
यस भूमिमा आखिर !
चढ्न लौ छु तयार म पनि बली
यस देशका खातिर !
५
यो हो देव भूमि यस विश्व भरमा
छैन है मुल्य कुनै !
यस्का खातिरमा छिनाई बरू लौ
दिन्छौ तीनकोटी शिरै
६
माटोमा नदी कलकल बगिकन
सिञ्चन जलैले गरी !
धर्तीका मुखमा दिई खुसी खुबै
नाचेकी हुन झैँ परी !
७
पाखा पर्वत र तराई वनमा
संजीवनी फल्दछन्
देशका काखभरि खनिज कति छन्
कुबेर नै बस्दछन
८
धर्तीबाट बगि कति हिम नदी
देश उर्वरा पार्दछन् !
झर्ना कलकल बग्दछन जहीँ तहीँ
भूमि सबै रम्दछन् !
९
कस्तुरी मृग सावक हर घडी
हिमालमा खेल्दछन् !
चौरी खर्क अनि ति लेकहरूमा
पंख डोलाउँदछन् !
१०
लस्कर शैल सबै यिनै धरणीको
हरपल सुरक्षा गरी !
मानवका हित खातिरै भनिकन
यो देव भूमिमा झरी !
११
सूर्यको जव ज्योति पर्छ भूमिमा
हिमाल मुस्काउँछिन्
चन्द्रैको नव कान्ति छाई धरणी
शोभा दिई हाँस्दछिन !
१२
खै तिम्रो भूमिको न लोभ छ कति
सानै भूमिमा रमौ !
स्वर्गै लाग्दछ यो धरा हर बखत
यहिँ नै म बाँचौँ मरौँ !
१३
मेचीको जलमा नुहाई शिर यो
काली पुगौ मन धुन!
यस्तो पावन यो भूमि अलिकति
दिन्न तिमीलाई छुन !
१४
आऊ हेर्न र घुम्न यो शिव भूमि
हिमाल हेरि कन !
शान्तिका दुतको यो जन्म भूमिमा
गर्नु बसी प्रार्थना !
१५
नेपाली मनका अपार धनी छन्
कुवेर झै छ मन !’
भूमि सानो छ मेरो यो जगतमा
अनमोल रत्न धन !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।