नारायण सुवेदी

कहिले काहीँ
भुइँ मान्छेका
सपनाहरुले
बादललाई देख्छ !

बादललाई के थाहा !
कतै कहीँ
धर्तीको कुनै कुनामा
कसैको सपनामा

छ भन्ने ?

विचरा

भुइँमा बर्सिएका
पारिजातका फूल झैं
ती
सपनीहरुका
रङ अनि सुवास
हराउँदै निष्प्राण
भएको हेरिबस्छ!

सपनी बादल
अनि
उडान उसको होइन
किनकी
ऊ त
फागत एउटा भुइँ मान्छे हो !