उत्तम विचार

हिजो फूलले जोडेको
हाम्रो मन र मुटु
आज पुलले जोड्न सकेन
यही त फरक छ
भाँचिनु र जोडिनुमा !

तिमी पारी पुग्यौ
म यता वारि नै रहेँ !
तिमी फूलझैँ हल्का थियौ
म भने भारी रहेँ !
यही त फरक छ
भेटिनु र छुटिनुमा !

उत्तम विचार भेटुवाल ।
टोखा, १० काठमाण्डौ ।