वसन्त सुवेदी

तिम्रो लागि
म फुलेका सुन्दर फूलहरू
कहाँ चुड्न सक्छु र
बरू बनाइदिने छु
सहर भरि फूलै फूलको बगैँचा
बगैँचामा फुलेका आफू जस्तै सुन्दर फूलहरू हेर्दै
तिमी मुस्कुराउनु प्रिय
म तिम्रो एक मुस्कान हेरेर संसार भुलिदिने छु ।
म तिम्रो लागि
हनुमानले छाति चिरेर राम र सीताको तस्वीर झिकेझैँ
हाम्रो प्रेमको निशानी दुनियालाई देखाउँन नसकुला
बरू तिमीलाई मन पर्ने रातो रङ्गझैँ
आफ्नै रातो रगतले लेखिदिने छु
चुनावमा नेतालेझैँ सहरका प्रत्येक भित्ताहरूमा तिम्रो नाम
आफ्नो नाम देखेर आफैँ नडराउँनु प्रिय
तिमी डरायौँ भने प्रेमको ईजलासमा
बागी उमेदवारले स्वतह जीत हासिल गर्ने छ ।
वरू ऐनामा मुहारझैँ भित्तामा आफ्नो नाम हेर्दै
तिमी मुस्कुराउँनु प्रिय
म तिम्रो एक मुस्कान हेरेर दुनियाँ भुलिदिने छु ।
म तिम्रो लागि आकाशबाट पानी झार्न नसकुला
बरू तिमीलाई सम्झेर आँखावाट आसुँको गण्डकी बगाइदिने छु
मेरो आसुँ देखेर तिमी नरूनु प्रिय
तिमी रोयौँ भने
आसुँको सागरमा डुब्ने छ संसार
बरू मेरो आँखाको आँसु पुछिदिनु
तिमीले एक पटक पुछिदियौँ भने फेवालाई हेर्दै माछापुच्छ्रे जस्तै म पनि तिमीलाई हेर्दै सदाको लागि
मुस्कुराइदिने छु ।

वसन्त सुवेदी
पोखरा, हेमजा ।