मुटुको धड्कनहरू प्रकोपले भरिन्छ
जब विशाल स्मृतिका समुन्द्र
विनाशकारी रोगले भरिएको हुन्छ
जसलाई यसले फैलाएर
निर्ममता पूर्वक टुक्राटुक्रा पार्छ
तब सम्पूर्ण शरीर विडम्बनापूर्ण रूपमा बेहोस हुन्छ
औषधि उपचारको विच्छेदनहरूका विफलताले
जीवनको चक्र पुनस् प्राप्त गर्न सक्दैन
त्यो घातक भाग्यको एक युग
मृत्युको प्रतिदेह बिना
दौडिरहेको, हिँडिरहेको, चलिरहेको हुन्छ
तर मृत्युलाई टाल्ने कुनै शक्तिशाली शक्ति छैन
बिस्तारै अबोध हुन जान्छ
मरणशीलहरु नष्ट हुन थालछन्
त्यति बेला मूर्त शरीर खरानीमा परिणत हुन्छ
अनुग्रहको पवित्र संस्कार संगै

दिवाकर ढकाल

पूर्वसूचना बिना
मृत्युको दिव्य व्यापारी आउँछन्
मृतकलाई शुद्धिकरणमा लैजान
दिव्य चार्टर्ड लेखापाल
गणितीय गणनामा व्यस्त रहन्छन्
पुण्य र पापको सन्तुलित पानालाई मान्यता दिन
जब अनौठो दैवदानब निकटतम हुन्छ
कर्म चक्र, एक अर्थहीन अस्तित्व भएर समाप्त हुन्छ
भ्रमपूर्ण जीवनको उतार चढावहरूमा
हरेक दुःख र सुख प्रतिबिम्बित भएर लुक्छन्
त्यसैले मृत्यु एक प्रमुख सत्य हो
देवत्व द्वारा संगठित
पूर्ण विपत्ति होइन
तर पूर्वनिर्धारित हत्या
आकस्मिक पूर्वनिर्धारणको परिणाम

एक मिलनसार मित्रता
अनुहारमा मुस्कान लिएर मुकुटभित्र अपराध लुकाउदै
असीमित आत्म(विनाशकारी संसारमा
सर्वशक्तिमान र अमर हुनबाट प्रतिरोध गर्दछ
अमृतको लागि कुनै प्रावधान छैन
न त दिर्घायु जीवनको लागि
यसले हरेक निर्जीव प्राणी छान्छ
अनियमित रूपमा
रङ्ग लिङ्ग धर्मको पर्वाह नगरी
चरम परमानन्दसँग कहिल्यै आउँदैन
हरेक समय उदासीनतासँग आउँछ
तर जसले अनुभव गरेका छन्
साक्षी दिएपछि कहिल्यै फर्किएका छैनन्
जन्म जस्तै मृत्यु एक पटक हो
गम्भीर रूपमा सबैले सामना गर्नुपर्छ
चाहे त्यो सत्य होस् या झूट
स्वादिष्ट वा पीडादायी
न विमुख हुन सक्छ न विनाश गर्न
तर अराजक वास्तविकतालाई अँगाल्नुपर्छ
नर्क वा स्वर्गको बाटोमा जानैपर्छ ।