साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भीडमा

Chovar Blues Mobile Size

भीडमा मेरो हात समाउनेलाई
सम्झना सदा
मेरो दिलमा बास जमाउनेलाई
सम्झना र माया उनकै मुटुभरी
भुल्न सकिन मैले उनलाई कसैगरी
अनायासै मेरो मनमा माया जगाउनेलाई
प्यार सदा
मेरो आँखामा छाया बनेर आउनेलाई ।

म कहाँ उनकै यादमा
सायद ओझेल परे म उनको आँखामा
पलभरमै मेरो आँखामा सपना ल्याउनेलाई
मंगल कामना छ
दिलको धड्कन बढाउनेलाई ।

मिलन थियो हाम्रो पलभरको
यादगार क्षण भयो जीवनभरको
तस्बिर भइ मेरो दिलमा समाउनेलाई
आशिष लाख
मुटु भरि प्यार बनी छाउनेलाई

 

प्रतिक्रिया
Loading...