आकृति तिमल्सिना

म नि:शब्द छु बुबा
जहाँ छोरा पुल्पुलिदै थिए
त्यहाँ छोरीप्रतिको त्यो
माया अनि ममता देखेर

महिनावारीमा पनि खुलस्त
त्यो जमिन देखेर
मेरो नराम्रा अक्षरप्रति त्यो गुनासो
अनि हर परिक्षाको परिणाम जान्न
उत्सुक त्यो अनुहार देखेर

जब समाज छोरी नामको
अवरोध लगाउँदै थियो
तब चालिएको त्यो
प्रेरणादायी कदम देखेर

रित्तो खल्ती पसिनाले रुझेका वस्त्र
र सदावार खैरो कोट देखेर
अनि मेरा सपना सकार गर्न
हरपल तम्तयार त्यो
अपत्यारिलो हिम्मत देखेर

म थाक्दै गर्दा पनि
नडगमगाएका ती पाइला देखेर
विवाहमा भन्दा पनि मेरो
सफलतामा बगेका अश्रु देखेर

एक असल पितासँगै मिश्रित
असल मनुष्यको रुप देखेर
जो कमजोर मान्दै थियो
त्यो दाग कुनामको
मेरो खुसी र अठोटमाथि बुनिदिएको

त्यो भाव देखेर
जो महशुस गराउदै थियो मलाई
म छोरी अवश्य हुँ
तर कोहीको निम्ति बोझ होइन

न खेलौना हुँ कुनै रुढीवादी समाजको
म हुँ त एक खुलस्त पंक्षी
जो स्वतन्त्र छु र रहनेछु
अनि उड्ने छु एकदिन
सपनाको उडान यहीँ आकाशमा ।