विनेश राई ‘मिन्जाई’

भन्छिन् –
अलिक मिलाएर टिनएजरका लागि
गीतहरू लेख्नोस्
ती सबै पुरानै शैलीका भए
अलिक युनिकपन दिनोस्

भर्खरै फुलेका फूलको पुतलीहरूलाई
बिटिएस मनपर्छ
जस्टिन विबर मनपर्छ
खोइ कसरी सम्बोधन गर्नसक्छु
म उनीहरुको तुलबुललाई ?

म त उमेरको डाँडामा बसेर
उनीहरू हाँसिरहेको मात्रै हेर्नसक्छु

लाग्छ –
उनीहरू नै लेखिरहेछन् आफै
आफ्नो लागि माई फेब्रेट सोङस्
चरी भए भुरुरु
चरी जेलैमा ।