साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पर्याकविताः बञ्चरे डाँडा

Chovar Blues Mobile Size

 

सुन महानगर !
म त उसै अग्लो नै छु
मलाई अझै अग्लो भएर सगरमाथा हुनु छैन
आफ्नै शिरमा तिम्रा फोहोरका थुप्रा बोकेर
न त फुटाउनु छ ‘लिचेट’का मूल
माटोमा सल्बलाउने गड्यौंला मर्ने गरी
त्यही माटो टेकेर उकाली-ओराली गर्न बाध्य
धुनीवेशी र ककनीका निर्दोष मान्छेका खुट्टाका औंला कुहिने गरी ।

फेरि पनि सुन महानगर !
म त उसै अग्लो नै छु
मलाई अग्लिनु छैन आफ्नै छातीमा तिम्रा फहोरका थुप्रा डम्पिङ गर्न दिएर
मलाई त –
फुटाइरहनु छ मेरो छातीबाट पानीका मूलहरू
मेटाउनलाई धुनीवेशी र ककनीका मेहनती गाउँलेका तिर्खालाई
खेत अनि यी हरिया रुखलाई बचाउन
अनि भर्नलाइ ती भोका पेटहरू ।

सुन मेयर बालेन !
बनाउँदैनौ भने फोहरलाई राजनीति
फोहरी राजनीति खेल्नेहरूलाई ल्याउँछौ भने सम्झौतामा
अनि गर्छौ दिगो वैज्ञानिक व्यवस्थापन
अनि गर्छौ त्यसलाई पूर्ण कार्यान्वयन भने
तिम्रा सबै फोहोरमैलाहरू डम्पिङ गर्न दिएर अझै अग्लिन तयार छु
म बञ्चरे डाँडा !!

(फक्सटन, बेलायत)

sagarmani mobile size
प्रतिक्रिया
Loading...