हेर ! त ऊ झिल्केदाइ र भाउजू
हातमा झन्डा बोकेर
“आजादीको अमृत महोत्सव”
मनाउन झन्डा बोकेर राम्रा भएर
हिँडे ऊ होउँ अघि लागे !

हिरनमयी आचार्य शर्मा (असम)

मेरो स्वाधीन देशमा
झिल्के दाइको गाउँ पनि पर्दों रहेछ !
त्यो बाटाको शिलान्यासको वर्षगाठ
मेरो बिहे जत्तिकै नै उमेरको भयो
आज-भोलि त्यहाँ
बाख्रा-गाईले पिठ्युँ कन्याउने गर्छन्
अब त पल्लो गाउँ जस्तै मेरो
गाउँ पनि बिजुली बत्तिमा रमाउँछ रे !
सुनेरै आनन्द आउँछ !

शिक्षित युवाहरू सहर पसे
धेरै आनलाइन सपना बोकेर
कोही विदेश ताके
सबै एक-एक गरी गाउँबाट बाहिरिए
लाखापाखा लागे !

गाउँको छवि ती युवाहरूले
यान्त्रिक मानवीय कोलाहलको
भिडभित्र उभिएर
घाइते आँखाहरूले हेरिरहेछन्
आधुनिकताको कालो पट्टी बाँधेर !

अर्थको मातमा नशालु भएर
भान्साघरमा रसायन भित्राएर
रमाउँदै रुख-बिरुवा फाँडेका छन्
वन-जङ्गल मासेका छन्

स्वाधीन देशमा झनै सबै
सफा छ शोषणको बाटो चारैतिर
लुटिएको छ अबलाहरूको अस्मिता
कुल्चिएका छन् फुल्न नपाएका
कोपिलाहरू मेटिएकाछन्
दोषीका दोष कागजको नम्बरमा !

एकहुल मुखौटाधारी भ्रष्टाचारीलाई नै
शिष्टाचारको मान्यता दिन तयार छन्
आफ्नै दुनो सोझ्याउनेहरू
हो साँच्चै मेरो गाउँ हिजो-आज
बिजली बत्तीको उज्यालो आउँछ भनेरै
होला नैतिकता प्रदर्शनको वस्तु बनेर
झुन्डिएको छ “आजादीको अमृत महोत्सवको”
झन्डामा , नारीको अस्मिता हर्नेमा हेर त

ऊ झिल्के दाइको गाउँबाट हेर त्यो
झन्डा बोक्नेहरूको ताँती
कति राम्रा मेरा दाइ-भाउजू
कठै गाउँको विकास होस् भन्दै
हिँडेका छन् पसिना चुहाउँदै !
स्वाधीन देशमा… ।