सेराका गीतहरु
तादी गाइरहेछ
पाइला पाइलामा आँसु झारेर
एउटा सुन्दर बाग
मृत्यु बरण गरेर
मान्छेका छातिमा
डन्डिबियो खेलिरहेछ
तादी उध्रिन्छ
सुस्तरी सुस्तरी
घामका गाउँहरु निला निला भएका छन्
पीपलका हाँगा लाछिएर
बज्रीएकाछन् टाउकाहरुमा
टाउकाले थेग्न सकिरहेको छैन
सेराको परेला उडिरहँदा
चुनसँगै मिसिएको पानी
गोल्फूमा बस्न मान्दैन
बृद्ध सेरा
कम्पन गरिरहेछ एकनास
सुने वा सुनेन् पढे वा पढेनन्
मान्छेहरुले सेरा ।
मालाकोट उक्लिएका निबन्धहरु
कति दगुरे होलान् ?
आँपका पात डढेर खरानीहरु
बर्रा फेदी तिर छन्की छैनन्
खोजीको विषय बनेको छ ।
सेराको जीवनीले
रगतझैँ उमाल्छ
इतिहासका पानामा भेटिएका
उनका गाथाहरुले
तादीमा डुब्न लगाउँछ
प्रतिरुप भएर सेरा
बगरका ढुंगाहरु
सिरु र काँसहरु
अगाडि बढ भनिरहेछन्
सेरा हाम्रो छाला हो
बुझ्दै बुझेन वर्तमान मान्छेले
बोली फुटाउन भैरबी उक्लिरहँदा
धोवीखोला आस गरिरहेथ्यो
एउटा मानिस ।
नसम्झ यो आतंककारी हो
अनेकौँ गौडाहरु बाट
सेरा ठोकिन्छ ।
गंफनका अक्षरहरु कवाजहरु खेलीरहेछन्
बृद्ध अशोक
स्वास फेर्न नसकेर पिढीँमा लडिरहेछ
हेर्न सक्तैन सेरा
पढ्न पनि सक्दैनौ उसलाई
आजका मान्छे ।
मान्छेले ठानेन्
हाड मासु हाम्रो सेरा हो
स्थिर छैन तादी
घिस्रिएर मरेको छ सेरा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।